एजेन्सी । बार्सिलोनमा लियोनल मेस्सीले सोमबार भएको एक विशेष कार्यक्रममा दुईवटा अवार्ड पाएका छन् । मेस्सीले सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड जितेको छ।
मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड दिने गरेको छ । मेस्सीले गएको सिजन ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए ।
उनले टिमका साथी खेलाडी लुइस स्वारेजले भन्दा दुई गोल बढी गरेका थिए । मेस्सीका प्रतिस्पर्धीका रुपमा लिइने रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले गएको सिजन ला लिगामा २५ गोल गरेका थिए ।