670 views 0 secs 0 comments

तमू ल्होसारमा भव्य कार्यक्रम हुने

In समाज
६ पुष २०७५, शुक्रबार १५:३५

काठमाडौं। आगामी पुस १३, १४ र १५ गते गुरुङ समूदायले आफ्नो महान चाड तमू ल्होसार काठमाडौंको टुँडिखेलमा भव्यताका साथ मनाउने भएका छन्।

तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पुस १३, १४ र १५ गते विभिन्न कार्यक्रम गरी तमू ल्होसार पर्व मनाउने जानकारी गराएको हो।
तमू जातिको भाषा, संस्कार, संस्कृति, खानपानलगायत झल्कने गरी लोकदोहोरी तथा नृत्य प्रतियोगिता पनि सो पर्वको अवसर पारेर आयोजना गर्न लागिएको तमू ल्होसार मूल आयोजक समितिका महासचिव लोकबहादुर गुरुङले जानकारी दिए।

समितिले पुस १२ गते खेलकुद प्रतियोगिता कार्यक्रम आयोजना गर्नेछ। त्यसैगरी १३ गते लोकदोहोरी तथा नृत्य प्रतियोगिता आयोजना गर्ने र मुख्य दिन १५ गते काठमाडौंको बसन्तपुरबाट सांस्कृतिक झाँकीसहितको -याली निकालि टुँडिखेलमा पुगेर कोण सभामा परिणत हुनेछ।

सो कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले पनि सम्बोधन गर्नेछन्। कार्यक्रम अवधिभर कार्यक्रम स्थल टुँडिखेलमा तमू समुदायको परिकारसहितको फुड स्टलको पनि व्यवस्था गरिनेछ। यसैबीच, तमू समूदायले आफूहरुको सांस्कृतिक चाडपर्व तमू ल्होसारको विदा कटौति नगर्न सरकारलाई पुनः दवाव पनि दिएको छ।