
काठमाडौं। इण्डियन प्रिमियर लिगमा दोस्रो पटक ट्रान्सफर विन्डो खुलेको छ । यो ट्रान्सफर विन्डो अझै करिब २ महिना खुला रहनेछ । पहिलो खेल हुनुभन्दा ३० दिनघि यो विन्डो बन्द हुनेछ । ट्रान्सफर विन्डो खुला हुँदासम्म आइपिएलका फ्रेन्चाइजी टिमले आफ्नो टिमका खेलाडी अर्को फ्रेन्चाइजीलाई बेच्नसक्छन् । आइपिएलको पहिलो खेल मार्च २३ वा २९ मध्ये कुनै एक मितिमा हुने सम्भावना छ । यो मितिको ३० दिन अगाडि बेलुकी ५ बजेसम्म खेलाडी किनबेच गर्न पाइन्छ ।