बैंकका प्रमुख ज्ञवाली पक्राउ :तत्कालीन किष्ट

In सूचना-प्रबिधि
१९ आश्विन २०७५, शुक्रबार ११:४४

काठमाडौँ — तीन वर्षदेखि फरार रहेका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।अदालतले उनीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो। त्यस लगतै ज्ञवाली फरार रहेका थिए। उच्च प्रहरी स्रोतकाअनुसार महानगरीय अपराध महाशाखाको टोलीले सिमावर्ती भारतीय क्षेत्रबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ।ज्ञवाली पक्राउ गरेको बारे महाशाखाले कुनै सूचना सार्वजनिक गरेको छैन। महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले पक्राउ गर्ने प्रयास भइराखेकै बताए।

ज्ञवाली पक्राउ बारे प्रहरीले आजै पत्रकार सम्मलेन गरी जानकारी दिने तयारी गरेको प्रहरी उच्च स्रोतको दाबी छ।