टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

In सूचना-प्रबिधि
२३ माघ २०७३, आईतवार ०७:३५

काठमाडौं,माघ २२ – मुलुककै अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकमले आजदेखि जीएसएम प्रिपेड मोबाइलका ग्राहकलाई पनि फोर–जी सेवा प्रदान गरेको छ । उक्त सेवा चार दिनका लागि आफ्ना प्रिपेड ग्राहकलाई सित्तैमा दिने भएको छ ।

आफ्नो १३ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले चारदिनलाई सित्तैमा फोरजी लगायत अन्यसेवा दिने घोषणा गरेको हो । एक दिनमा एक सय एमबीका दरले चारदिनसम्म ४ सय एमबी डाटा प्रयोगकर्ताहरुलाई निशुल्क दिने घोषणा गरेको छ।

यसअघि पुष १७ गतेदेखि काठमाडौं र पोखराबाट पोष्टपेड सिमकार्डमा सेवा सुचार गरेको टेलिकमले सेवा सुचारु गरेको अवसरमा ४ जिबी डाटा दिएको थियो।

रिचार्जमा बोनस
वार्षिकोत्सवको अवसरमा जिएसएम तथा सिडिएमए प्रिपेड सेवाग्राहीलाई लक्षित गर्दै रिचार्ज कार्डमा बोनस योजना ल्याएको छ। आइतबार अर्थात भोलिदेखि जिएसएम तथा सिडिएमए प्रिपेड प्रयोगकर्ताले रिचार्ज गर्दा बोनस पाउने छन्। ३ दिनसम्म अर्थात बुधबारसम्म रिचार्ज गर्नेले बोनस पाउने टेलिकमले जनाएको छ।

जसअनुसार ५०, १ सय र २ सयको रिचार्ज गर्नेले १० प्रतिशत बोनस पाउने छन् भने ५ सय र १ हजारको रिचार्ज गर्नेले १५ प्रतिशत बोनस रकम पाउने छन्। टेलिकमले आज वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो।

१५ दिनलाई सिआरबिटी सित्तैमा
टेलिकमले वार्षिक उत्सवकै अवसरमा पहिले बन्द भएको कल रिङब्याक टोन (सिआरबिटी) सेवा समेत सुरु गरेको छ । शनिबार सुरु गरिएको सेवा १५ दिनका लागि सित्तैमा पाइने भएको छ । ग्राहकले हरेक दिन एउटा गीतका दरले यो सेवा उपभोग गर्न पाउनेछन् ।

फेसबुक प्याक
टेलिकमले जिएसएम नेटवर्कका ग्राहकलाई २० रुपैयाँमा ५ दिनसम्म चल्ने १ सय एमबीको फेसबुक प्याक दिने भएको छ ।

नाइट प्याक
जिएसएम नेटवर्कमा टेलिकमले राती १० बजेदेखि बिहान ६ बजेसम्मका लागि ४० रुपैयाँमा ५ सय एमबी र ८५ रुपैयाँमा १ हजार २ सय एमबी डाटा दिने भएको छ । ५ सय एमबी डाटा प्याक ७ दिन र १ हजार २ सय एमबी डाटा प्याक १५ दिनसम्म चलाउन सकिनेछ ।

डाटा अफर
जिएसएममा डाटा अफर अन्तर्गत १ सय ३० रुपैयाँको २ सय एमबी डाटा लिदा थप २ सय एमबी बोनस पाइनेछ । यसको अवधि ७ दिनको रहनेछ । यसैगरी १५ दिन चलाउन मिल्ने ३ सय रुपैयाँको ५ सय एमबी डाटामा ५ सय एमबी नै बोनस थपिनेछ ।

सिडिएमएमा भने ७ दिन अवधि भएको २ सय एमबीको डाटा प्याकलाई ७५ रुपैयाँ र १५ दिन अवधि भएको ५ सय एमबीको डाटा प्याकलाई १ सय ७५ रुपैयाँ पर्नेछ । दुवै प्याकमा लिइएको बाराबरकै डाटा बोनसकोरुपमा दिइने कम्पनीले जनाएको छ ।

ल्यान्डलाइनमा थप २५ कल निःशुल्क

आधारभूत टेलिफोन सेवातर्फ ल्यान्डलाइन टेलिफोन सेवाका सेवाग्राहीहरुलाई फागुन महिनाको मासिक रिचार्जमा थप २५ कल निःशुल्क पाउने  कम्पनीले जनाएको छ ।