
सुशील पन्थी
गुल्मी, असोज २२ । पाहडी जिल्ला गुल्मीमा समेत साईबर आतंक बढेको जनाएको छ । रेसुङ्गा नगरपालिका १० को सिमिचौरमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको अपराध संबन्धि सचेतनामुल कार्यक्रम तथा सार्वाजानिक सुनुवाई कार्यक्रममा प्रहरी निरक्षक किरण सापकोटाले आर्थिक बर्ष ०७९÷०८० मा २४ वडा र पछिल्लो आर्थिक बर्षमा ५९ वटा साईबर अपराध संबन्धि उजुरी प्रहरीमा परेको जानकारी दिए । उनले सत्यवती गाउँपालिका १ को जोहाङ्गबाट साईबर अपराध गरी ठगी गर्ने एक जनालाई पक्राउ गरी पाँच लाख जरिवाना अशुली गरिएको बताए । ति मध्ये पछिल्लो दुई बर्षमा १४ वटा मात्र मुद्धा फच्युट भएका छन, गत बर्ष ६ वटा अनलाईन मार्फत ठगी भएको रकम फिर्ता गराएको र ४ वटा फेशबुक आईडि बन्द गराईएको सापकोटाले बताए । त्यस्तै साउन भदौंको दुई महिनामै चार वटा अनलाईन मार्फत ठगि भएको रकम फिता गराईको जानकारी सापकोटाले दिए । अनलाईन मार्फत विभिन्न प्रलोभन देखाउने र कैंयौंको रकम ठगि गरेका घटना बढेकोले उनले सचेत रहन आग्रह गरे । त्यस्तै ब्यक्तिका मोवाईल हराउने क्रम पनि बढेको उनले बताए। अनुसार साउन अघि सम्मको एक बर्षमा ९३ वटा मोवाईल हराएका थिए र प्रहरीले ८५ वटा मोवाईल भेटाएर संबन्धितलाई दिएको थियो । साउन यताको दुई महिनामै २० मोवाईल हराएको उजुरी परेकोमा ९ वटा मोवाईल भेटाएर प्रहरीले संबन्धितलाई दिएको छ । साईबर अपराधीको शिकार यहाँका एक वटाध्यक्ष अर्जुन कनौजे समेत भएको बताउँछन ।