
सुशील पन्थी
रेसुङ्गा , असोज २२ । गुल्मीको रेसुङ्गा बिमानस्थल स्थानियले सुरक्षाकर्मिको माग गरेका छ्न ।
रेसुङ्गा नगरपालिका वडा नम्वर १० मा रहेको उक्त बिमानस्थलमा प्रहरीचौकी स्थापनाका लागि स्थानीयबासीले सोमबारको एक कार्यक्रममा माग गरेका हुन । जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सार्वाजानिक सुनुवाई कार्यक्रमा त्यस वडाका वडाध्यक्ष रामबहादुर बस्नेत लगायतका स्थानीयबासीले त्यहाँ प्रहरीचौकीको माग गरे ।
सदरमुकाम नजिकै रहेको वडा नम्वर १० को सिमिचौर गाउँमा बिहानै देखि अबेरसम्म मदिरा बिक्री बितरण खुल्ला हुने , जसका कारण मानिसहरु असुरक्षित हुने हुँदा प्रहरीको निकै आबश्यकता रहेको वडा सदस्य झविन्द्र घिमिरे लगायतले बताए । त्यस्तै सिमिचौर स्वास्थ्य चौकीमा पुरै महिलाहरु रहेको र मदिरा सेवन गरेर आउने मानिसहरुले असुरक्षा सिर्जना गरेकोले आफुहरुलाई सुरक्षाको प्रत्याभुति गरिदिन त्यस स्वास्थ्यचौकी प्रमुख शोभारानी चन्दले आग्रह गरिन ।
अपराधन्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत रहेकोले प्रहरीले सर्वसाधरणलाई विभिन्न बिषयमा सचेतना प्रदान गरेको थियो । पछिल्लो चरण साईबर अपराध बढेको प्रति प्रहरी निरीक्षक किरण सापकोटाले सचेत रहन आग्रह गरे ।
बाईट किरण सापकोटा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीद्धारा उद्घाटन गरिएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी नवलकिशोर प्रधानले सर्वसाधरण संग भन्दै थिए पहिला हामी सच्चीन चाहन्छौं , तपाईहरुले हाम्रा गलत कार्य , ढिला सुस्ती जे जे छ निर्धक्क भनिदिनुहोस । अधिकांसले मदिरा बिक्रि वितरण र बाँदर लगायतका जंगलीजनाबरको आतंक रोक्न आग्रह गरेका थिए ।
सहभागिहरुलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी केसी र प्रहरी प्रमुख प्रधानले प्रहरी जनताको साथीरहेको र जनता संग नङ र मासुको सम्वन्ध बृद्धि गर्ने कार्यमा तल्लीन रहेको बताउँदै सिमिचौरमा प्रहरीचौकी राख्ने बिषयमा छलफल गरिने बताए । केसीले चाड पर्व नजिकै आईरहेकोले शान्ति सुरक्षा कायम राख्न त्यही किशिमको तयारी गरिएको जानकारी दिएका थिए ।
कार्यक्रममा जिल्ला र स्थानीयतहका राजनैतिक दलका नेता र जनप्रतिनिधीहरुको सहभागिता थियो । प्रहरीले अब मदाने गाउँपालिका ,मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको रिडीमा सार्वाजानिक सुनुवाई र सचेतनामुलक कार्यक्रम राख्ने जनाएको छ । प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दै जाँदा अपराध न्युनिकरण र सवारी दुर्घटना न्युनिकरणमा टेवा मिलेको प्रहरी निरक्षक सापकोटाले प्रस्तुत गरेको कार्यप्रगति विवरणले देखाएको छ । गत बर्ष गुल्मी जिल्ला प्रहरीलाई प्रदेश प्रहरीले १३ जना फरार प्रतिवादी पक्राउको लक्ष्य दिएकोमा ६६ जना पक्राउ गर्न सफल भएकोले लुम्बिनी प्रदेशको उच्चमुल्याङकनमा गुल्मी प्रहरी परेको छ ।