
चन्द्रशेखर, बीपीमा सामाजिक चेतनाको बिलक्षणता देख्नुहुन्थ्यो। तर, अबको भारतीय राजनीतिमा बैचारिक आधारमा कुनै बिकल्प दिन सकिन्छ कि भन्ने कुरामा निरास देखिनुहुन्थ्यो। यदि आफू समाजवादी बिचारधाराको पार्टी बनाउने तिर लाग्ने हो भने इन्दिरा गांधीको विकल्प दिन सकिँदैन भन्ने चन्द्रशेखरको चेतको बीपीले कुनै बिकल्प दिने अवस्था पनि थिएन।
आजको उत्तर प्रदेशका जल्दाबल्दा पार्टी-मयावती नेतृत्वको बहुजन समाजवादी पार्टीका महामन्त्री सुधिन्द्र भदौरिया उ बेला बिएचयूका प्रखर छात्र नेता थिए। बीपी कोइरालालाई समाजवादी बिचारका मुर्धन्य एशियाली नेता मान्दथे।
डा. बाबुराम भट्टराई प्रमको रूपमा दिल्ली भ्रमणमा जानु भएको थियो। संचारमन्त्रीकाे रूपमा म पनि सहभागी थिए। दिल्लीको लिलावती होटेलमा सुधिन्द्र त्यस बेलाको घटनाक्रम र बीपीको चिन्तनलाई याद गर्दै मलाइ भनेका थिए; “बीपीले त पटक पटक चर्चा गर्दथे कि भारतीय राजनीतिमा पार्टीहरूको राष्ट्रिय स्वरूप खण्डित हुँदैछ। ‘जातिवाद’ दलहरू गठनको आधार हुँदैछ। यदि जातिगत आधारमा दलहरूलाई चलाउने प्रयास भयो भने धर्मको आधारमा चल्ने पार्टीहरूले जातिवादी सोचलाई पछार्ने छन्।” सुधिन्द्र आज स्वयं दलित केन्द्रित पार्टीमा छन्। दिल्लीमा मैले पटनालाई सम्झेकाे थिएा।
म सोच्दछु, बीपीमा दक्षिण एशियाली मुलुकहरूकै सामाजिक संरचनाका बारेमा अद्भूत र विलक्षण ज्ञान थियो। आजको भारतलाई हेरौं-उत्तर प्रदेशमा मुलायम सिंह र मायावतीहरू, बिहारमा लालु यादव र नितीश कुमारहरू, हरियाणामा देबीलालहरूले जातिवादलाई प्रश्रय दिए।
यादव-मुसलमान-दलित-जाट समिकरणहरू बनाए। काँग्रेस जस्ता पार्टीहरूको राष्ट्रिय स्वरूप बिखण्डित हुँदै गयो। धर्मको आधारमा संगठित भारतीय जनता पार्टीले सबैलाई पटकन दियो, पछार्यो। मलाइ लाग्दछ, हाम्रो लागि पनि यसबाट केही शिक्षा छ। यस बारे कुनै दिन लेखौला!