882 views 0 secs 0 comments

१४ वर्ष को उमेरमा अपहरण, ९ महिनासम्म हरेक दिन बलात्कार :

In विश्व, स्वास्थ्य/जीवनशैली
२६ भाद्र २०७५, मंगलवार १२:०६

इङल्याण्डको न्यू ह्याम्पशायरकी एक युवतीले हिनौंसम्म एक व्यक्तिको कैदमा बिताएको आफ्नो डरलाग्दो विगतका दिनको कहानी शेयर गरेकी छिन् । घटना ५ वर्ष पुरानो हो जतिबेला उनको उकेर १४ वर्षको थियो । उनी घर फर्किने क्रममा उनलाई एक व्यक्तिले अपहरण गरेर एक कन्टेनरमा बन्द गरे । यहाँ करिब ९ महिनासम्म कुकुरको पट्टा घाँटीमा बाँधेर उनलाई त्यहीँभित्र बाँधेर राखियो । उनलाई ९ महिनासम्म हरेक दिन बलात्कार गरे । युवतीले पहिलोपटक आफ्नो पीडा एक समाचार च्यालनलाई दिएको अन्तरवार्तामा बताइन् ।

कन्वेकी एबिगेल हर्नान्डेजसँग यो घटना २०१३ मा भएको थियो । एक दिन उनी स्कुलबाट घर फर्किंदै थिइन् । यही क्रममा किब्बी नामका एक व्यक्तिले उनलाई अपहरण गरेर त्यहाँबाट ३० मील टाढा एउटा कन्टेनरमा लगेर उनलाई कैद गरेर राखे । एबिगेलका अनुसार त्यसपछि उनलाई यातना दिने सिलसिला सुरु भयो । उनलाई नियन्त्रण गर्न सबैभन्दा पहिले उनको घाँटीमा कुकुरको पट्टा बाँधियो । त्यसपछि आरोपीले उनलाई लगातार यौनशोषण गर्ने र यातना दिन थाले ।

कैदमा रहँदासम्म एबिगेललाई ती आरोपीले आफ्नो नाम थाहा हुन दिएनन् । उनका सबै मानिसहरु ती आरोपीलाई मास्टर भनेर बोलाउँथे । उनले त्यो ठाउँको समेत अनुमान गर्न दिएनन् जहाँ एबिगेललाई राखिएको थियो । एबिगेलका अनुसार ९ महिना कैदमा राखेपछि २०१४ अप्रिलमा उनलाई कारमा राखेर एक ग्रामीण इलाकामा लगेर सडकमा छाडियो । आरोपीले एबिगेललाई कारबाट झर्न भने र आफू कार मोडेर फर्के । एबिगेल जसोतसो पैदल घर पुगिन् । उनलाई विश्वास नै भएको थिएन कि उनी स्वतन्त्र छिन् ।

एबिगेलले भनिन् ‘मेरो लागि यो बुझ्न मुस्किल थियो कि उसले मलाई किन छोडिदियो । उसले शायद यो सोच्थ्यो कि उसलाई मबाट कुनै खतरा छैन र मैले उसको बारेमा केही पनि जान्दिन ।’ घर फर्केको एक हप्तामै एबिगेलले प्रहरीमा उजुरी दिइन् । त्यतिबेला उनी निकै डरमा थिइन् । त्यसपछि आरोपीलाई उसको घरबाटै पक्राउ गरियो । अदालतले मे २०१६ मा आरोपी किब्बीलाई अपहरण र बलात्कारको अभियोगमा ४५ वर्ष जेल सजाय सुनाएको छ ।