912 views 0 secs 0 comments

समुन्द्रमा नुहाउन जादा गुप्ताङ्गमा माछाको पुछ्हर टासियो: भयानक संकट निम्तियो

In विश्व
२६ भाद्र २०७५, मंगलवार ११:०३

एजेन्सी। चीनको हेनान प्रान्तमा समुद्रमा नुहाउनु यी व्यक्तिको लागि निकै भयानक सावित भएको छ । यी व्यक्ति यहाँ घुम्न आएका थिए । गर्मीको मौसम देखेर उनी नुहाउनको लागि पानीमा पसे । केही समयमै उनी पीडाले आत्तिँदै र चिच्याउँदै बाहिर निस्किए । पानीमा नुहाउने क्रममा एउटा ठूलो माछाको पुच्छर उनको गुप्तांगमा गएर टाँसिएको थियो । त्यसपछि उनलाई भयानक पीडा हुन थाल्यो ।

यो घटना हेनान प्रान्तको सान्या शहरमा भएको हो । नुहाउने क्रममा उनले अण्डरवियर मात्र लगाएका थिए । पानीमा पौडीने क्रममा एक माछाको पुच्छर उनको गुप्तांगमा गएर टाँसियो । यसले भयानक पीडा हुन लागेपछि उनी आत्तिँदै बाहिर निस्के र घोप्टो परेर बालुवाको जमिनमा पल्टिए । अत्याधिक पीडाका कारण उनी केही बोल्नसमेत सकिरहेका थिएनन् ।

उनलाई आत्तिएको देखेर आसपासका मानिसहरु जम्मा भए । उनीहरुले मद्दत गर्ने कोसिस पनि गरे तर कसैसँग यस्तो औजार थिएन जसले माछालाई ती व्यक्तिबाट टाढा लैजान सकियोस् । त्यहाँ पुलिस पनि थिए तर उनीहरुले पनि केही गर्न सकेनन् । केही समयपछि फायर सर्भिस र प्यारामेडिक्स डिपार्टमेन्टको एक टिमले आएर माछाको पुच्छर काटी ती व्यक्तिबाट अलग गरे । उनलाई तत्कालै अस्पताल लगियो जहाँ उनको स्वास्थ्य ठिक भएको बताइएको छ ।