711 views 0 secs 0 comments

अझै रोकिएन इन्धन ठगी,प्रधानमन्त्री चढ्ने गाडीको ट्यांकीबाटै इन्धन गायव

In देश
२५ माघ २०७३, मंगलवार ०८:४७

काठमाडौं,माघ २४ – इन्धन पम्प सञ्चालक र सरकारी ड्राइभरको मिलेमतोमा इन्धन घोटला अझै रोकिएको छैन् । नेपालमा यस्तो घटना भने सामान्य बन्दै गएको छ । प्रधानमन्त्रीले प्रयोग गर्ने गाडीमा तेल हाल्ने क्रममा आर्थिक अनियमिता हुने गरेको सार्वजनिक भएको छ । मन्त्रीहरुले जिल्ला भ्रमणका नाममा कतिसम्म घोटाला गर्छन् भन्ने तथ्यपनि यस अघिनै सार्वजनिक भएको थियो ।

खोटालाको उदाहरणको रुपमा प्रधानमन्त्री चढ्ने गाडी समेत देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री चढ्ने गाडीमा इन्धन राख्न भन्दै हरेक पटक १०० लिटरको कुपन उपलब्ध गराउँदै आएको थियो । ड्राइभरले पनि एकै पटक एक सय लिटर इन्धन हाल्दै आएको प्रधानमन्त्री कार्यालयलाई जानकारी दिने गरेका थिए ।

प्रधानमन्त्री चढ्ने गाडीमा जम्मा ६५ लिटर मात्र इन्धन जाँदो गरेको तथ्य बाहिरिएपछि उक्त घोटला सार्वजनिक भएको हो । प्रधानमन्त्री चढ्ने बा ५ ख १५८४ को बुलेटप्रुफ कालो उक्त गाडीमा दुईवटा ट्यांकी भएपनि त्यहाँ मुस्किलले ७० लिटर पेट्रोल अट्ने गरेको स्रोतले बताएको छ ।

त्यसवाट बचेको इन्धनको पैसा लिने गरेको पाईएको स्रोतले बताईएको छ । इन्धन घोटला बढेपछि प्रधानमन्त्री कार्यालयले सतर्कता केन्द्रलाई एक महिनासम्म लगातार भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्प र पुल्चोकस्थित साझा यातायातमा अनुगमन गरिदिन निर्देशन दिएको थियो । तर त्यो अनुगमन कहाँ पुगेको र के गरिरहेको छ भन्ने प्रधानमन्त्री कार्यालय समेत जानाकरी रहेको छैन् ।