सफल जीवनका लागि सम्झनैपर्ने १० कुराहरु

In स्वास्थ्य/जीवनशैली
२६ माघ २०७४, शुक्रबार ११:०८

1) यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन , किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा
होइन….

2) जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ..!!

3) लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा सलाई चाहिन्छ।

4) तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल संग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् !”

5) हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन ।

6) देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।

7) जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।

8) मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।

9) कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँ
हुँदा खासै स्वाद पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो।

10) मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।