
मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ ।
के हुन् मेथी दानाका फाइदा ?
भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।
मेथीमा कस्ता पौष्टिक तत्व पाइन्छन् ?
मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ । .
ग्याष्ट्रिकको समस्याः मेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ ।