707 views 0 secs 0 comments

बलात्कृत किशोरीले यसरी सुनाईन् त्यस रात घटेको कहालिदो घटना

In विश्व, समाज
१० पुष २०७४, सोमबार ११:१६

बलात्कार आफैमा घृणितकाम हो । त्यसका बावजुद पनि बलात्कारको घटनाले उग्ररुप लिईरहेको छ । त्यसमा पनि ग्याङ रेप । भारतमा ग्याङ रेपको घटना बढिरहेको छ । प्रहरी प्रशासनले जतिसुकै कडाई गरेपनि अपराधीहरु जन्मिहेका छन् ।भोपाल भन्ने स्थानमा एक किशोरी पनि ग्याङ रेपको सिकार भएकी थिइन् । यो अक्टुबरको घटना हो ।

त्यो ग्याङ रेप कान्डले भोपालमा ठूलै हंगामा मच्चियो । पछि आरोपी चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुलाई आजिवन कारावासको सजाय तोकिएको छ ।

ग्याङ रेपको सिकार भएकी किशोरीले हालै त्यस दिनको कथा सुनाएकी छिन् । ३१ अक्टुबरमा हबीबंगज रेलवे ट्र्याक नजिकैको पुलमुनी उनलाई वलात्कार गरिएको थियो ।

साँझ सात बजे

– रेलवे ट्र्याक नजिकै दुई जना मान्छे रक्सीले लट्ठ थिए । एउटाले कुदेर किशोरीको हात समाए । किशोरीले उनलाई धक्का दिइन्, तब उसले अर्को साथीलाई बोलायो ।

– किशोरीले उनीहरुबाट छुट्ने प्रयास गरिन् । तर दुई जना युवाबाट उनले आफुलाई उम्काउन सकिनन् । केहि समय उनीहरुबीच घम्साघम्सी चलिरह्यो ।

– तीन जना नै नालीको नजिकै लड्न पुगे । करि १० देखि १२ फिट गहिरो खाडलमा उनीहरु लडे ।

– ति युवाहरुले उनलाई तानेर नालाको भित्र लगेर गए । कपडा उतारे । अधा घण्टासम्म उनीहरुसँग किशोरीले संघर्ष गरिरहिन् । तर, उनको केहि लागेन ।

– युवाहरुले किशोरीलाई जबरजस्ती गरे । उनीहरुको चित्त बुझेपछि गुट्खा खाए, चुरोट पनि ताने । यहि बेला अर्को दुई केटा आइपुगे । दुबैले फेरी किशोरीमाथि बलात्कार गर्न सुरु गरे ।

– यसबेलासम्म किशोरी बेहोस भइसकेकी थिइन् ।

बलात्कार पछि किशोरीको मोवाइल, घडी आदि लगेर त्यहाँबाट हिँडे ।

– आखिरमा राती साढे १० तिर किशोरी बल्लतल्ल नजिकैको थानामा पुगेर बुवालाई फोन गरे । किशोरीको बुवाआमा दुबै प्रहरीमा नै काम गर्छन्