रेनु दाहालको बद्‍नाम गरेको आरोपमा दुई जना पक्राउ

In राजनीति, समाज
६ मंसिर २०८०, बुधबार १६:५५

६ मंसिर,काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमा भरतपुरकी मेयर रेनु दाहालको बद्‍नाम हुनेगरी फोटो पोष्ट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्ने उपेन्द्र देवकोटा छन् ।

उनीहरूले पत्रकार सन्तोष देउजा र मेयर रेणु दाहालको फोटो सम्पादन गरेर बियर पिएको देखिने बनाएर पोष्ट गरेको आरोप छ । आरोपीतहरुलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । शर्मा र देवकोटा रास्वपामा आवद्ध रहेको बताइएको छ ।