
६ मंसिर, काठमाडौँ।
सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभा चैनपुर नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई पक्राउ गरेको हो।
ब्युरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दका अनुसार भट्टराईलाई मंगलबार इमाडोलबाट पक्राउ गरिएको हो। उनले सामाजिक सञ्जालमा नाबालिकाको फेक आइडी बनाएका थिए।
फेक आइडी बनाएर ती नाबालिकाको तस्बिर दुरूपयोग गरी अश्लिल कमेन्टसहित आफन्त तथा साथीहरूलाई पठाएको ब्युरोले जनाएको छ।