889 views 0 secs 0 comments

पाँच पक्राउ, रेडपाण्डाको छालासहित

In विश्व, सूचना-प्रबिधि
२६ आश्विन २०७५, शुक्रबार ०९:०५

नेपालगन्ज – लोपाेन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित ५ जना कोहलपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार कोहलपुर २ मा रहेको एक होटलबाट छालासहित रंगेहात उनीहरुलार्इ पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बाँकेका ४१ बर्षीय थमन दमाई, सोही ठाउँका २८ बर्षीय दीपक सुनार, २१ बर्षीय बलराज ऐडी, कोहलपुर–१ का ४६ बर्षीय बुद्धि शर्मा र कोहलपुर २ निवासी २८ बर्षीय मुकेश दमाई रहेका छन्। पक्राउ परेकामाथि अनुसन्धान भईरहेको र शुक्रबार डिभिजन वन कार्यालयमा छालासहित अभियुक्तलाई बुझाईने ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए।