523 views 2 secs 0 comments

मकवानपुरबाट विरोध खतिवडा चौथो पटक निर्वाचित

In देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार ११:११

मंसिर २४, २०७४-मकवानपुर क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार विरोध खतिवडा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । खतिवडाले खतिवडाले ४४ हजार ७ सय ४४ मत पाएका छन् ।

 प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ३२ हजार ६ सय ८५ मत पाएकी छन् ।

खतिवडाको मकवानपुरबाट यो चौथो जित हो । यसअघि उनी २०४८, ५१ र ५६ को संसदीय निर्वाचनमा विजयी भएका थिए ।

कांग्रेस नेतृ उपाध्यायसँग यो उनको तेस्रो प्रतिस्पर्धा थियो । खतिवडाले यसअघि २०४८ र २०५१ मा भएको निर्वाचनमा उपाध्यायलाई पराजित गरेका थिए ।

http://bit.ly/2AHygs5