मंसिर २४, २०७४-भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेसका दमननाथ ढुंगानालाई दाेब्बर मतले पराजित गरेका हुन् ।
बस्नेतले ३६ हजार ४ सय १२ मत पाए भने कांग्रेस उम्मेदवार ढुंगानाले १८ हजार ६ सय ७५ मत पाए ।
उक्त क्षेत्रमा उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टीकी नेतृ पूर्व सांसद अनुराधा थापाले ५ हजार ४ सय ७१ मत मात्रै पाइन ।
निर्वाचित बस्नेत पूर्व उद्योगमन्त्री समेत हुन् । बस्नेत २०७० को संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर २ बाटै कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भएका थिए ।