699 views 0 secs 0 comments

विकासको सिन्को नभाच्नेलाई मत माग्ने अधिकार छैनः का“ग्रेस उम्मेदवार स्वार

In देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १२:०८

ऋषिदह(अछाम), ६ मंसिर । नेपाली का“ग्रेस अछामका सभापति भरतकुमार स्वारले दश वर्षसम्म जनप्रतिनिधि भएर पनि विकासको सिन्को पनि नभाच्ने व्यक्तिलाई फेरि अछामी जनतासंग मत माग्ने अधिकार नभएको बताउनु भएको छ ।

अछाम क्षेत्र नम्बर १ का का“ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार स्वारले चुनाव ताका ‘विकास गर्छौ’ भन्दै पटकपटक जनतालाई झुक्याउने काम भइरहेकोले यो चुनावमा सजग र सचेत हुन मतदातालाई आग्रह गर्नुभयो ।

मंगलबार मेल्लेख गाउ“पालिकाको ऋषिदहमा आयोजित चुनावी सभामा सभापति स्वारले कम्युनिष्टहरूले जनतालाई विकासको आश देखाउने र जितेपछि कार्यकर्तालाई मात्रै पोस्ने गरेको बताउनुभयो ।

‘अरु पार्टीले गरेका विकास निर्माण कार्यलाई पनि आफूले गरेको भन्दै एमालेका नेता तथा उम्मेदवारहरूले जगहसाई गरिरहेका छन्’ स्वारले प्रश्न गर्नुभयो,“२०६४ सालदेखि २०७४ सालसम्म अछामबाट निर्वाचित जनप्रतिनिधि भएकाहरूले यो जिल्ला र जिल्लाबासीका लागि के काम ग¥यौ ?”

चुनावी सभामा पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाहले बाम गठबन्धनका नाममा कम्युनिष्टहरूले नेपालमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनु भयो । उहा“ले लोकतन्त्रको रक्षा तथा नेपाली जनताको हकअधिकारको संरक्षणको लागि लोकतन्त्रवादी शक्तिलाई विजयी गराउनु आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा (ख)का उम्मेदवार टेकबहादुर साउद, महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, जिल्ला कोषाध्यक्ष झंकर साउद, बान्नीगढी जयगढ गाउ“पालिकाका अध्यक्ष राजेन्द्र खड्का, नेविसंघका जिल्ला अध्यक्ष नृप साउद लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम तिलक धामीको अध्यक्षतामा भएको थियो ।