18 views 0 secs 0 comments

झापामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ

In देश, समाज
२३ कार्तिक २०८०, बिहीबार १२:४५

२३ कार्तिक,काठमाडौँ।

झापामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

बुद्धशान्ति गाउँपालिका-५ बस्ने ४५ वर्षीय धनबहादुर कटुवालको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय रोशन अधिकारीलाई पक्राउ गरेको हो।

बुधबार राति सवा ११ बजे भिनाजु धनबहादुर र सालो रोशनबीच विवाद भएको थियो। घरायसी विवाद हुँदा रोशनले आफ्ना भिनाजु धनबहादुरमाथि धारिलो हतियार खुकुरी र बाँसले प्रहार गरेका थिए।