नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित…

In राजनीति
३ पुष २०७८, शनिबार ०७:५४

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित हुनुभएको छ ।
प्रदेश-२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित हुनुभएको हो । उहाँ शेरबहादुर देउवा समूहकी हुनुहुन्छ । उहाँले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गर्नुभएको हो । चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गर्नुभयो ।