
आश्विन १६ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको भक्तपुर इञ्चार्जमा नुवाकोटका युवा दिनेश थपलिया “आक्रोश” चयन भएका छन् ।
नुवाकोटको लिखु गाँउपालीका ४ घर भई हाल मध्यपुर नगरपालीका ३ भक्तपुरमा बस्दै आएका थपलियालाई हिजो पार्टीले भक्तपुर इञ्चार्जको जिम्मेवारी दिएको हो ।२०५७ देखि नेकपा माओबादी पार्टीको पुर्णकालिन सदस्य तथा भुमिगत भएका थपलियालाई तात्कालीन सरकारले दुई बर्ष हिरासतमा राखेर चरम यातना दिएको थियो । २०५८ चैत्र गिरफ्तार भएका थपलिया २०६० चैत्र २६ गते रिहा भएका थिए ।
रिहा भएपछि थपलिया पार्टीले दिएको जिम्मेवारीलाई निर्वाह गदै निरन्तर पार्टी संगठनमा रहेर काम गदै आइरहेका छन् ।
थपलिया वाइसीएल नेपाल भक्तपुर जिल्ला अध्यक्ष, नेकपा भक्तपुर जिल्ला सदस्य, राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा रहेर काम गरिसकेका छन् ।
सशस्त्र जनयुद्धमा पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरेका त्यस बेला देखिनै प्रचण्डका विश्वास पात्रका रुपमा रहंदै आएका छन् । भक्तपुरमा सरकारी कार्यालयहरुको बेथीति, कालोबजारी र भ्रष्टाचार नियन्त्रण लगायतमा उनले अभियाननै चलाँउदै आइरहेका छन् ।