
नेपाली कांग्रेसको १४ औं महाविधेशन भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ। चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था अनुसार आगामी फागुनमा कांग्रेसले १४ औं महाधिवेशन गर्नुपर्ने हुनछ। यद्यपी विधानमा सभापतिलाई एक वर्ष कार्यकाल थप गर्ने अधिकार पनि दिइएको छ।
विभिन्न गुट र आन्तरिक विवादमा रुमिल्लएको कांग्रेसका नेताहरु यतिबेला देश दौहाडामा पनि छन्। १४ औं महाविधेशनमा नेतृत्वमा आउन यतिबेला नेताहरु कार्यकर्ता भेटघाटदेखि आफू अनुकुल प्यानल बनाउन सक्रिय छन्।
सभापति शेदरबहादुर देउवाले फेरि सभातिमा उम्मेद्वारी दिने नदिने विषयमा मुख खोलेका छैनन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेले, नेताहरु महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा आफूहरुले उम्मेद्वारी दिने बताइसकेका छन्। यी तीनै जना नेता पौडेल पक्षीय नै हुन्।
१३ औं महाधिवेशन भएको चार वर्ष पूरा हुन लागेसँगै नेताहरुले आगामी फागुनमा नै महाधिवेशन गर्न सभापति देउवालाई दबाव दिन सुरु गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल तोकिएकै स मयमा गर्न सभापति शेरबहादुर देउवालाई दबाव दिएका छन्।
वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने तर्क गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली काँग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुको विकल्प नरहेको बताए। आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा काँग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ छ।
पौडेल १४ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुन चाहन्छन्। तर उनकै समूहबाट कोइराला परिवारबाटै अबको नेतृत्व दिने भन्दै महामन्त्री शशांक कोइराला र नेता शेखर कोइराला देश दौडाहा गरिरहेका छन्।
कोइराला परिवारबाटै सभापतिको उम्मेद्वार बन्ने पक्का भए पौडले अप्ठेरोमा पर्ने विश्लेषण गर्न थालिएको छ। यद्यपी महाधिवेशनको मिति तय भइनसकेकाले पौडलले कसरी टिम बनाउँछन् भन्ने विषय हेर्न बाँकी छ।