
सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा गोली चलेको छ। मतदान केन्द्रमा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन्। जिल्लाको दक्षिण पश्चिम क्षेत्र बलरा नगरपालिका– ९, अचलगढमा वडा अधिवेशन स्थलमा विवाद भएपछि प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन्। आइतबार बलारा नगरपालिकाको ८ र ९ नम्बर वडाको अधिवेशनमा विवाद भएपछि मन्त्री सिंह मतदान स्थल पुगेका थिए। पुगेका र सोही क्रममा स्थानीय कांग्रेस कार्यकर्ता र मन्त्रीबीच विवाद भएको थियो। विवाद भएपछि मन्त्रीका अंगरक्षकले एक राउन्ड गोली चलाएको प्रत्यक्षदर्शीले बताए।
अचलगढमा बलरा नगरपालिका– ९ नम्बर वडाको अधिवेशनको तयारी भए पनि पूर्ववडा सभापति मतदान स्थलमा उपस्थित नभएपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको थियो। सोही अवस्थामा मन्त्री सिंह केही कार्यकर्ता लिएर मतदान केन्द्र पुगेका थिए। लगत्तै स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताले उनलाई मतदानस्थलमा जान रोकेका थिए। त्यसपछि स्थानीय प्रशासनको सहयोगमा मतदानस्थल प्रवेश गरेका उन्ले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रक्रिया अगाडि बडाएको आरोप लगाउँदै गाली गलौज गरेको प्रत्यक्षदर्शीको भनाइ छ।
प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका मानिन्छन्। सर्लाहीमा लामो समयदेखि जिल्ला सभापति नागेन्द्रकुमार राय संस्थापन पक्ष र इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण रायबीच टकराव रहँदै आएको छ।