भैरवी गाउँपालिका र महावु गाउँपालिका अन्र्तगत (रावतकोट, वडलम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन) गाउँका कृषकहरुका २ सय ३५ हेक्टर खेतीयोग्य जमिनलाई सिंचाई सुविधा पु¥याउने २०२२ सालबाट १८ वर्ष लामो समय लगाएर विस्तृत सर्वेक्षण तयार भयो । निकै सुस्त गतिमा काम २०४२ सालबाट सुरु गरियो । क्षेत्रफलको हिसाबले पश्चिमी पहाडी भेककै ठुलो गिताचौर–रावतकोट सिंचाई आयोजनाको काम अहिले पनि उताको यता पनि सरेको छैन् । बनेको संरचना पनि जिर्ण अवस्थामा रहेको छ । सरकारले सिचाईं डिभिजन कार्यालय मार्फत कम बजेट पठाउने, उपभोक्ता समितिले श्रमदान नगर्ने, ठेकेदारले गरेको काम अधुरा र मनपरि हुँदा योजना लथालिङ्ग अवस्थामा पुगेको हो ।
सिचाई योजना १४.२ किलोमिटर लम्वाई रहेको रहेको छ । सिचाई योजनामा निर्माण सुरु भएको ३५ वर्षअघि ६ करोड ३१ लाख लागत स्टेमेट गरिएकोमा बढ्नेछ । अहिलेसम्म धन्नै ५ करोड खर्च भईसकेको छ । अघिल्लो आर्थिक वर्षहरुमा कोरोना र बजेट अभावमा काम हुन नसकेको खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय दैलेखका प्रमुख अशोक गौतमले बताए ।
४ किलोमिटर कुलो र पाईप साइफनको काम मात्र भएको छ । खोलाबाटै पानी कुलोमा नझरेपछि दुई पटक डिजाईन गरेर परिवर्तन गरि २ सय मिटरमाथि कुलो लगिएको थियो । स्टेमेट परिवर्तन खोलादेखी पानी झर्न मिल्ने गरि निर्माण गरिएको उपभोक्ताहरु बताउँछन् । वर्षेनी थोरैथोरै बजेट विनियोजन हुुनुले पनि यहाँका किसानहरु तिन दर्शकअघिदेखि सिंचाईको सपना बुनिरहेका हुन् ।
निर्माण सम्बद्ध पक्षले सिंचाईका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोग, माओवादी द्धन्द्धको कारण जनाउ“दै बिच बिचमा आयोजनाको निर्माण कार्य रोकेको थिए । कामै सम्पन्न नगरि बजेट सिध्याउनलाई उपभोक्ता समिति र ठेकेदारहरुले उपभोक्ताले सहयोग नगरेको कारण देखाएपछि करिव ६ वर्ष काम रोकिएको स्थानीय बताउँछन् ।
यस अवधिमा कार्यालयका प्राविधिक र निर्माणकर्ता बिचको मिलेमतो कारण ठेक्काको आधा काम गरी सम्पन्न भएको फरफारक गरि प्रतिवेदन बुझाँउने गरेको रावतकोटका स्थानीयहरुको गुनासो छ । आयोजनाको प्रारम्भिक चरणका कामै नगरि २०४९ देखि २०५६ सालसम्म २ करोड ९७ लाख खर्च भैसकेको जनाईएको छ ।