576 views 0 secs 0 comments

अज्ञात समूहले हतौडा प्रहार गरी वृद्धको हत्या…

In समाज
२८ माघ २०७६, मंगलवार १२:२९

सोमबार राति अज्ञात समूहले पण्डितलाई उनकै गोठमा हतौडा प्रहार गरी हत्या गरेको पीडित परिवारले जनाएको छ ।
घरमा खाना खाएर गाउँबाट झण्डै १ किलोमिटर रहेको गोठमा सुत्न गएका उनी मंगलबार बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्य खोज्न जाँदा पण्डितको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको अवस्थामा गोठमै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नविनकुमार सिंहले घटनाको पुष्टि गरेका छन् । रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताउँदै अपराधी चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।