1007 views 0 secs 0 comments

“बुबाको त्याग” : बिस्ना के सी गुल्मी …

In बिचार
२० भाद्र २०७७, शनिबार १५:३७

हिजो बेलुका हामी सुत्ने तरखर गर्दै थियेउ एकजना पाहुना हाम्रो घरको पिडीछेउमा आएर बस्नुभयो उहाँको हातमा एउटा चाउचाउ थियो बुवाले उहालाई पहिले पनि कतकता देख्नुभाको रहेछ तर मेरो लागी भने अपरिचित पाहुना हुनुहुन्थ्यो बुवाले कहाँ गएर आको त एति राती भन्नु भो,उहाँ ले मामा घर गएर आको भनेर जवाफ दिनु भो।।।उहाँको बोली एकदमै न्रम थियो,खाना खानु भोकी नाइ??? भोक लाको छ कि नाइ?? भन्दै मैले सोधे, खाको छोइन नानी भोक लाको छ भन्नु भो उहाँलाई भोक लागेको छ भन्ने कुरा उहाँको अनुहारले नै बताईसकेको थियो। हामिले अघि खाना खाएर बचेको केहि खाना बाकी थियो।। मैले हतार हतार गर्दै उहाँ लाइ खाना दिए उहाँले त्यो खाना छिनमै सिध्याउनु भयो।एकछिन पछी मैले सोधे हजुर लाई एतिधेरै भोक लागेको रैछ अनि यो चाउचाउ खाएको भएनि हुन्थ्योनि?? उहाँ ले मलिन स्वरमा भन्नु भो यो चाउचाउ त मेरो छोरीको लागी हो म कसरी खानु यो चाउचाउ खाए भने अर्को किन्ने पैसा पनी छोइन यो त छोरीको लागि हो भन्दै चाउचाउ भए तिर नजर लानु भो छोराछोरीको लागी आफु नखाई भोकभोकै बस्छन् भन्ने सुनेकि थिए आज स्व्यम देखेकी थिए उहाँको छोरी प्रतिको माया देखेर भाबुक बनिसकेकि थिए।मेरो बुवा म सङै हुनुहुन्थ्यो बुवाको अनुहारमा पनि ति पाहुनाको कुरा सुनेर भाबुकता छाएको थियो मैले उहाँलाई सुत्ने ब्यबस्था मिलाई दिए। हस् नानी म सुत्छु भन्दै उहाँ सुत्नु भो म पनि आफ्नो कोठामा सुत्न आए।साच्चै बुवाआमाले छोराछोरी प्रती गर्ने त्याग कति छ त्यो हामी कल्पना पनि गर्न सक्दैनौ…