
टिप्परले अटोलाई ठक्कर दिँदा बिराटनगरमा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु भएको छ ।
बिराटगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरत दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको हो ।
दुर्घटनामा अटो चालक मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदारको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायक उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
घटनालगत्तै मृतकका आफन्त र स्थानीयले टिपरमा आगजनी गरेका थिए ।