
रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन् ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।
पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । रसुवाका प्रजिअ भण्डारीका अनुसार, उनीहरूले पटुकामा बाँधेर सुन भित्र्याएका थिए । ‘६ वटा सुनका डल्ला फेला परेका छन् । रसुवागढीमा तौल गर्ने उपकरण नभएकाले जिल्ला सदरमुकाम धुन्चे ल्याइएको छ’, प्रजिअ भण्डारीले भने ।