गोकुल बाँस्कोटालाई छुट नदिने स्पष्ट: प्रचण्ड

In राजनीति
१० फाल्गुन २०७६, शनिबार १६:२४

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने स्पष्ट पारेका छन् । 
शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे । 
सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड बढी कमिसन बार्गेनिङ गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणलाई संकेत गर्दै उनले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । कोही पनि गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौ । म अहिले यतिमात्रै भन्न चाहन्छु ।’