683 views 1 sec 0 comments

नायिका महिमा र उनकी बहिनी बसको ठक्करबाट मृत्यु…

In समाज
१ फाल्गुन २०७६, बिहीबार ०९:४१

नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको मृत्यु भएको हो ।महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हाे ।चितवनको भरतपुर महानगरपालिका-१३, गीतानगर स्थायी ठेगाना भएका उनीहरु  बुधबार साँझ दुर्घटनामा  परेका थिए । प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए ।बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।