
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला बिहीवारकै ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।