461 views 0 secs 0 comments

ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु..

In समाज
११ पुष २०७६, शुक्रबार १२:१९

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्ग रहेका छन् ।  
शुक्रबार काठमाडौंबाट फोहोर बोकेर  नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । 
ट्रिपरले  ‘क्लिन नेपाल’ नामक कम्पनीको फोहोर ढुवानी गर्दै आएको थियो । महानगरीय प्रहरी वृत बालाजुका प्रमुख रन्जित सिंह राठौरले ट्रिपर तीव्र गतिमा रहेको र सडकबाट ५० मिटर तल आलुबारीमा खसेको जानकारी दिए ।