416 views 0 secs 0 comments

दाङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु…

In समाज
३ पुष २०७६, बिहीबार १४:५२

दाङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ भने एक विद्यार्थी घाइते भएकी छन् । तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया विजिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।
रा १ त १४३५ नम्बरको ट्रयाक्टरको ठक्कर दिँदा गम्भीर घाइते भएकी तुलसीपुर ७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।