620 views 0 secs 0 comments

टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु…

In समाज
२९ मंसिर २०७६, आईतवार १४:५०

धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् ।
हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को.१ ख.६९१२ नम्बरको ट्रेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टेम्पु चालक धनकुटा–२ का २५ वर्षीय दशरथ पाख्रिन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ वर्षीय साङ्गे शेर्पाको घटनास्थल मै मृत्यु भएको हो ।