
महोत्तरीबाट ठुलो मात्रामा लागु औषधसहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी ९ नं गण जलसागरले चेकजाँचका क्रममा आइतबार विहान भारतको मधुवनी जिल्ला मधवापुर वडा नं १ विरोकर बस्ने १९ वर्षीय राकेश कुमार महतोलाई पक्राउ गरेको हो ।
मठियानीबाट जलेश्वरतर्फ जाँदै गरेका महतोलाई सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनको साथबाट promocethzine नाम गरेको सुई ३ सय थान buprenorphine सुई २ सय ९४ थान Diazepam नाम गरेको सुई २ सय ९५ थान बरामद गरेको सशस्त्र प्रहरी ९ नम्बर गणका गणपति निरकृष्ण अधिकारीले बताए ।