525 views 0 secs 0 comments

सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी…

In समाज
२२ मंसिर २०७६, आईतवार ०९:३०

सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी भएको छ ।
शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो ।यद्यपि रेष्टुरेण्ट सञ्चालक किरण बुढाथोकीले भने २ करोड ५० लाख भन्दा बढीको क्षति भएको अनुमान गरे ।आगो नियन्त्रणका लागि इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचालगायत स्थानका नौवटा दमकल प्रयोग गरिएको थियो ।