
रौतहट । भन्सार छलेर भारतबाट नेपाल भित्राइएका करिब ११ लाखभन्दा बढी मूल्यका लत्ता–कपडा सशस्त्र प्रहरी बल, रौतहटले बरामद गरेको छ ।
भारतीय सीमाक्षेत्रबाट तस्करी गरेर ल्याउदै गरेको लताकपडा रौतहटको राजदेवी नगरपालिका–६, सेढवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
२ गाडीमा राखेर ल्याएका अवैध कपडासहितको गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, गौरमा बुझाइएको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ ।