
जनकपुरमा ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी पक्राउ परेका हुन् ।
सर्लाहीको लालबन्दीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग रकम असुली गर्दै गरेको अवस्थामा चौधरीलाई बिहीबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जनकपुर उपमहानगरपालिका-२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल गर्ने मान्छेसँग चौधरीले पैसा उठाउँदै गरेको अवस्थामा ज.२ प ७३२४ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।