559 views 2 secs 0 comments

झापामा दुई वटा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु…

In समाज
२० मंसिर २०७६, शुक्रबार १६:१२

झापामा दुई वटा गाडीको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ का ७० वर्षीय हरि प्रसाद न्यौपाने रहेका छन् ।
मेचीनगर नगरपालिका-१२ र बुद्धशान्ति गाउँपालिका-३ को सिमानामा पर्ने धाइजन चोकस्थित सडकमा प्रदेश नम्बर १-०१-००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिइ लडेको अवस्थामा मे.१ ज ३१९६ नम्बरको गाडीले पुन: ठक्कर दिँदा न्यौपाने गम्भीर घाइते भएका थिए ।
दुई वटा गाडीको ठक्करबाट गम्भीर घाइते भएका न्यौपानेको बीएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।