461 views 0 secs 0 comments

सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको अज्ञात समूहले आगजनी…

In समाज
२५ कार्तिक २०७६, सोमबार १४:२२

कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।
केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।
दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए ।