
इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मङ्गलबार जनाएको छ । अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा अल बग्दादी मारिएका थिए ।
उत्तरी सिरियाको अजाजनगर नजिकैबाट अल बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई मङ्गलबार पक्राउ गरिएको टर्कीको सरकारी स्रोतले नाम नबताउने शर्तमा बताएको छ ।