497 views 0 secs 0 comments

मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन गएका अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ…

In समाज
१९ कार्तिक २०७६, मंगलवार १४:५४

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन गएका अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ परेको छ।
मंगलबार प्रदेश २ का अस्थायी शिक्षकहरू जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताला लगाउन गएका थिए। तीमध्ये ४३ जना शिक्षक पक्राउ परेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
पक्राउ परेका शिक्षकलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको उनले बताए।
सोमबार अस्थायी शिक्षकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एक घन्टा सडक अवरूद्ध गरेका थिए। मुख्यमन्त्री लालबाबु राउतले अस्थायी शिक्षकको मागप्रति प्रतिवद्धता जनाएर बेवास्ता गरेको भन्दै अस्थायी शिक्षकको समूह तालाबन्दी गर्न गएको थियो।
अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका अनुसार मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकरसंग पहल गरेर माग पुरा गराउने प्रतिवद्धता जनाएको थिए। तीन महिना बित्दा पनि आफ्ना माग पूरा नभएको र मुख्यमन्त्रीले बेवास्ता गरेको भन्दै उनीहरूले फेरि आन्दोलित भएका हुन्।