788 views 0 secs 0 comments

चीनले पहिलो ४ सीटर इलेक्ट्रिक विमानको सफल परीक्षण…

In विश्व
१३ कार्तिक २०७६, बुधबार १७:३८

चीनले पहिलो ४ सीटर इलेक्ट्रिक विमानको सफल परीक्षण गरेको छ ।
मंगलबार विमानको पहिलो उडान गरिएको थियो ।
विमान १२०० किलोग्रामको छ भने ८.४ मिटर लामो छ । यसको पंखा १३.५ मिटर छ । एकपटक फूल चार्ज भएपछि विमानले ३०० किमी यात्र तय गर्न सक्दछ । विमानले ९० मिनेट उडान भर्न सक्ने बताइएको छ ।
समाचार एजेन्सी सिन्हवाका अनुसार, लाइटवेट कार्बनबाट निर्मित विमानले चीनको उत्तरी शहर शेन्यांगमा उडान भरेको थियो । यसको बडी पार्टसमा कार्बन फाइबर कम्पोजिटको प्रयोग गरिएको छ । यहि कारण पारम्परिक विमानको तुलनामा यसको वजन धेरै नै कम छ ।