एजेन्सी । एक सौतेनी आमाले सम्पत्ति लागि २४ वर्षीया छोरीको हत्या गरेकी छन्। हत्यापछि ती महिलाले छोरीको शवलाई दुई टुक्रा बनाएर स्टोर रुपमा लुकाएकी थिइन्।
यो घटना भारतस्थित उत्तराखण्डको अस्थायी राजधानी देहरादून भन्ने स्थानको हो। आरोपी महिला मिनु देहरादूनको खुड्बुडा भन्ने स्थानमा २४ वर्षीया सौतेनी छोरी प्राप्ती सिंहका साथ बस्दै आएकी थिइन्। प्राप्तीका बाबु अजित सिंहको २०१६ सालमा मृत्यु भएको थियो। प्राप्तीले उक्त शहरको एक इन्स्टीट्युटबाट एयरहोस्टेसको कोर्स गरिरहेकी थिइन्।
उनी अजितकी एकमात्र छोरी थिइन्। त्यसैले अजितले सबै सम्पत्ति छोरीको नाममा गरिदिएका थिए। अजितको मृत्युपछि सौतेनी आमाले प्राप्तीलाई घर बेच्न दबाब दिइरहेकी थिइन्। तर प्राप्तले आमाको कुरालाई अस्वीकार गर्दै आएकी थिइन्। जुन कुराले लामो समयदेखि आमाछोरीबीच विवाद हुँदै आएको थियो। पाप्ती खुल्ला मनको भएकाले उनका साथीहरु पनि उनको घरमा आउने जाने गरिरहन्थेँ। त्यहाँका प्रहरी अधिकारीका अनुसार सात फेब्रुवरीमा प्राप्तीको आमासँग झगडा भएको थियो।
त्यसपछि राति १ बजे आमाले सुतिरहेकी छोरीलाई धारिलो हतियार प्रहार गरी दुई टुक्रा बनाइन्। त्यसपछि उनले शवलाई स्टोर रुममा लुकाएर राखिन । त्यसपछि विवाह उनी छोरी हराएको रिर्पोट दिन प्रहरी चौकी पुगेकी थिइन्। अनुसन्धान गर्दै जाँदा प्रहरी उक्त घटनासम्म पुगेको हो।