1232 views 0 secs 0 comments

तेल भर्ने क्रममा हावामा दुई अमेरिकी विमान ठोक्किए, ६ बेपत्ता

In विश्व
२० मंसिर २०७५, बिहीबार ११:४४

जापानमा बिहिबार तेल भर्ने क्रममा दुई अमेरिकी विमान एक आपसमा ठोक्किएका छन् जसका कारण ६ नौसैनिक हराइरहेका छन् । यसबारे अमेरिकी रक्षा अधिकारीले जानकारी दिएको हो ।
अधिकारीका अनुसार एफए–१८ हर्नेट जेट फाइटर र केसी–१३० हर्क्युलिस रिफ्युलिङ एयरक्राफ्ट हावामा ठोक्किएको हो । जापानको रक्षा मन्त्रालयका अनुसार दुई विमानमा सवार सात जनामध्ये एकजनाको उद्दार गरिएको छ ।
हराइरहेका नौसैनिकबारे पत्ता लगाउनका लागि अभियान जारी भएको बताइएको छ । यसका लागि डाक्टरले पनि क्रु–मेम्बर्सको मद्दत गरिरहेका छन् । जापानले पनि विमानको खोजीका लागि चार एयरक्राफ्ट र तीन जहाज पठाएको बताएको छ ।
जापानले जहाज पठाएकोमा अमेरिकाले धन्यवाद दिएको छ । अमेरिकी नौसेनाले बयान जारी गर्दै भन्यो, ‘दुबै जहाजले इवाकुनीस्थित मरिना कोर्प्स एयर स्टेशनबाट उडान भरेका थिए । यस्तो प्रकारको उडान नियमित तालिमको हिस्सा हो तर बिहिबार भने यस्तो दुर्घटना भयो । दुर्घटनाको अनुसन्धान जारी छ ।’
अमेरिकाले जापानमा ५० हजार सैनिक छन् र यो दुर्घटनालाई सामान्य भन्न नमिल्ने बताएको छ । नोभेम्बरमा अमेरिकी नेभी लडाकू विमान जापानको समुन्द्रमा दुर्घटनाग्रस्त भएको थियो । तर उक्त दुर्घटनामा दुई क्रु मेम्बर्सलाई बचाइएको थियो ।