दमक : मोरङको पथरी–शनिश्चरेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । पथरी–शनिश्चरे नगरपालिका ९ श्याम चौक बस्ने ३४ वर्षीय चन्द्र बहादुर लिम्बुले ३० वर्षीया पत्नी तुलसा लिम्बुलाई शनिबार साँझ खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घटना लगतै लिम्बु फरार भएका छन् । उनको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ । उनले श्रीमतीको हत्या किन गरेका हुन् खुल्न सकेको छैन । घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।