547 views 0 secs 0 comments

बलात्कार आरोपमा दुई नेता पक्राउ…

In समाज
१३ कार्तिक २०७६, बुधबार १७:४५

प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई ३ कात्तिकमा पक्राउ गरेको हो ।
ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार पोखरेलले आफू पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य भएको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य भएको बयान दिएका छन् ।
उनीहरुले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको अभियोग छ । जिल्ला अदालत, ललितपुरबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको तामाङले बताए ।