धनगढी, ८ मंसीर । हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव’ यसवर्ष मंसिर २९ गतेबाट शुरु हुने भएको छ ।
महोत्सवको आयोजक कैलाली उद्योग वाणिज्य संघले आज गरेको पत्रकार सम्मेलनमा मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएकाले महोत्सव एक हप्तापछि सारिएको जनाएको छ ।
संघका अध्यक्ष शंकर बोगटीले चुनाव जस्तो महत्पूर्ण कार्यक्रमलाई ध्यान दिई यसवर्ष मंसिर २९ गते महोत्सव शुरु गर्ने गरी तयारी शुरु गरिएको जानकारी दिए । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ नारा तय गरिएको उक्त महोत्सवमा २५० वटा कक्ष रहनेछ । उद्योग वाणिज्य संघको पहलमा २०६३ सालदेखि महोत्सव आयोजना हुँदै आएको छ